राष्ट्रिय संगीतकर्मी संघमा शाहको नेतृत्वमा नयाँ कार्यसमिति चयन


राष्ट्रिय संगीतकर्मी संघको पाँचौं महाधिवेशनबाट विक्रम जंग शाहको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

अध्यक्षमा संघका तत्कालिन वरिष्ठ उपाध्यक्ष नवराज ढुंगाना र महासचिव रहेका विक्रमजंग शाहको उम्मेदवारी परेको थियाे ।

भए पनि भारी मतको अन्तरले पछि पार्दै विक्रमजंग शाह विजयी भएका हुन् ।

६३२ मतदाता रहेको संघमा शाहले ५३८ मत प्राप्त गरेका छन ।

त्यसैगरी संघको महासचिव पदमा अमृत खाती महासचिवमा विजयी भएका छन । अधिकारीले १०६ मत र खातीले ४९८ मत ल्याएर विजयी भएका छन ।

नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा गायक प्रकाश कटुवाल, उपाध्यक्षमा गायिका उमा श्रेष्ठ, गायिका शर्मिला श्रेष्ठ, मिलन श्रेष्ठ, होम सुवेदी, श्याम सुन्दर धिताल रहेका छन् । महासचिवमा गायक अमृत खाती, उप–महासचिवमा गायक बिनोद ढकाल र जीवन परियार, सचिवमा मन्जु गौतम, सुर्य कुमार श्रेष्ठ, थानेश्वर अधिकारी, शिव प्रसाद घिमिरे, सह –सचिवमा आशा लामा (ज्ञानमाला), कोषाध्यक्षमा राज कुमार हुमागाई, सह कोषाध्यक्षमा सिर्जु अधिकारी र प्रवक्तामा कुमार कार्की विजयी भएका छन् ।

त्यसैगरी संघको सदस्यहरुमा शंकर ढकाल, सन्ध्या सानू, दिपक जोशी, अन्जु पण्डित, गोबिन्द गौतम, सुनिता तामाङ, अनिता बस्नेत, रबिन्द्र रिमाल, मनोहर महोतो, बिनोद रन्जन, दिनेश रन्जन निर्वाचित भएका छन् ।

तस्विर उमा श्रेष्ठकाे फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज