सुन आज तोलामा १६ सयले घट्यो


७ मंसिर,काठमाण्डौ ।सुनको भाउमा आज भारी गिरावट आएको छ । हिजो तोलामा दुईसयले बढेर ९३ हजार ९ सय रुपैयाँ कायम भएको सुन आज एकै दिन १६ सयले घटेर ९२ हजार ३ सय रुपैयाँ तोलामा कारोबार भैरहेको नेपाल सुनचाँदी ब्यबसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ पनि आज घटेको छ । हिजो १० रुपैयाँले बढेर १ हजार २ सय ७० रुपैयाँ पुगेको चाँदी आज १५ रुपैयाँले घटेर १ हजार २ सय ५५ रुपैयाँ तोलामा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज