नगद तरलताले अफगानिस्तानकोे बैंककिङ प्रणाली अस्तव्यस्त


७ मंसिर,काठमाण्डौ ।नगद तरलताको कारण अफगानिस्तानकोे वित्तीय र बैंक भुक्तानी प्रणाली अस्तव्यस्त भएकोे छ ।तालिवानले सत्ता कब्जामा लिएसंगै अधिकांश विदेशी निकायहरुले तालिवानलाई समर्थन नगरेपछि बैङकिङ प्रणाली अस्तब्यस्त भएको हो ।

यदि तत्काल बिदेशी निकायबाट अफगानिस्तानलाई सहयोग नगरे नगद तरलताको संकटले एक महिना भित्रमा अफगानिस्तानको वित्तीय प्रणाली ध्वस्त हुने संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ ।

संयुक्त राष्ट्र संघले अफगानिस्तानका बैंकहरूलाई सहयोग र्पुयाउन तत्काल कदम चाल्न पनि अन्तराष्ट्रिय समुदायमा आग्रह गरेको छ ।संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम (यूएनडीपी) ले बैंकिङ प्रणालीको पतनको आर्थिक लागत र परिणामस्वरूप नकारात्मक असर गर्न सक्ने भन्दै ३ पृष्ठको प्रतिबेदन सार्बजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज