ए डिभिजन फुटबलको दोस्रो चरणका खेलहरु शुक्रबारबाट


८ मंसिर,काठमाण्डौ ।शहीद स्मारक ए डिभिजन लिग फुटबलको दोस्रो चरणका खेलहरु आगामी शुक्रबारबाट हुने भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार मछिन्द्र फुटबल क्लब र न्युरोड टिम एनआरटी बीचको खेलसँगै पहिलो चरणको खेल सकिएको थियो ।

दोस्रो चरणको पहिलो खेलमा सातदोबाटो युथ क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो खेलमा संकटा क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । यी दुबै खेल त्रिपुरेश्वरस्थित दशरथरंगाशालामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज