निरन्तर घट्न थाल्यो सुनचाँदीको भाउ


८ मंसिर,काठमाण्डौ ।सुनचाँदीको भाउमा लगातार गिरावट आएको छ । हिजो एकै दिन १६ सयले घटेर ९२ हजार ३ सय रुपैयाँ कायम भएको सुनको भाउ आज पनि तोलामा ५ सयले घटेको छ ।

आज नेपाली बजारमा सुन ९१ हजार ८ सय रुपैयाँ तोलामा कारोबार भैरहेको नेपाल सुनचाँदी ब्यबसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ आज पनि घटेको छ । हिजा ५ रुपैयाँले घटेर १ हजार २ सय ५५ रुपैयाँ तोला कायम भएको चाँदी आज तोलामा ३० रुपैयाँले घटेर १ हजार २ सय २५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज