कांग्रेस नेतृ संग्रौलाको ‘कांग्रेसको अबको बाटो’ पुस्तकको विमोचन


प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेतृ डा. डिला संग्रौलाद्वारा लिखित कांग्रेसको अबको बाटो नामक पुस्तकको विमोचन गर्नुभएको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले उक्त पुस्तकको विमोचन गर्नुभएको हो । कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले उक्त किताबको माध्यमबाट नेपाली कांग्रेसलाई आगामी दिनमा कुन बाटोबाट अगाडि बढ्ने भन्ने कुरामा मदत पु¥याउने विश्वास व्यक्त गर्दै किताबमा उल्लेखित राम्रा पक्षहरुलाई कांग्रेसमा लागू गर्न पहल गर्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले लेखक संग्रौलाले महिला हक हितको लागि सदैव आवाज उठाएकाले कांग्रेसको लोकप्रिय नेतृ बन्न सफल भएको भन्दै लेखक संग्रौलाको प्रशंसा समेत गर्नुभयो ।

लेखक संग्रौलाले राष्ट्रियता, प्रजातन्त्र र लोकतन्त्रको मुल मर्ममा टेकेर कांग्रेस भित्रका कमी कमजोरीलाई केलाउदै कांग्रेसलाई कसरी अगाडि बढाउनुपर्छ भन्ने विषयमा पाटी पंक्तिभित्र तथा बाहिर व्यापक बहस सिर्जना गर्ने उदेश्यले उक्त पुस्तक लेखेको बताउनुभयो ।संग्रौलाले आउदै गरेको १४ औँ महाधिवेशनमा उक्त पुस्तकलाई एजेण्डा बनाएर लैजाने लक्ष्य लिएको जानकारी दिनुभयो ।

पुस्तकमा कांग्रेसको संक्षिप्त परिचय, कांग्रेसको संद्धान्तिक स्पष्टता, कांग्रेसको अबको बाटो, जनताले चाहेको अबको कांग्रेस र १४ औँ महाधिवेशनको एजेण्डाहरु लगायत आठ उपशिर्षकमा पुस्तक बाँडिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज