कांग्रेस महाधिवेशन : काठमाडौँ-३ मा सन्तोष चालिसे निर्वाचित


नेपाली कांग्रेस काठमाडौँ निर्वाचन क्षेत्र नं ३ को क्षेत्रीय अधिवेशनबाट सभापतिमा सन्तोष चालिसे निर्वाचित हुनुभएको छ ।

मतपरिणाम अनुसार चालिसेले २०५ मत प्राप्त गरी विजयी हुनुभएको हो । क्षेत्र नं ३ का निर्वाचन अधिकृत सन्तोष पण्डितका अनुसार चालिसेका प्रतिद्वन्द्वी काठमाडौँ महानगरपालिका–६ का अध्यक्ष दीपेन्द्रकुमार लामाले १५९ मत प्राप्त गर्नुभयो ।

यस्तै क्षेत्रीय सचिवमा चालिसे समूहकै दीपक रिसाल र भुवन लामा निर्वाचित हुनुभएको छ । रिसालले २१३ र लामाले १८५ मत प्राप्त गर्नु भयाे ।

सहसचिवमा अमृत खड्का र सृदीप पण्डित क्षेत्री विजयी हुनुभएको छ ।

क्षेत्रीय कार्य समिति सदस्य महिला खुल्लामा उमादेवि थापा र मञ्जु पुडासैनी विजयी हुनुभएकाे छ ।

क्षेत्रीय कार्यसमिति सदस्य खुल्ला तर्फ दिपक ढुंगाना, पुजा निरौला खड्का र मैया नायजु विजयी हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज