पेट्रोलियम पदार्थकाे मूल्य वृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र


पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै ६ विद्यार्थी संगठनले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।

बुधबार बालुवाटार पुगेर अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी यूनियन अध्यक्ष रुपनारायण श्रेष्ठ, विप्लव निकट अखिल(क्रान्तिकरी) का अध्यक्ष प्रकाश शाही र मोहन वैद्य निकट अखिल (क्रान्तिकारी) अध्यक्ष हरिकृष्ण गजुरेलले मूल्य वृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका हुन् ।

मूल्य वृद्धिका विषयमा सडकमा विद्यार्थी संगठनले उठाएको मागप्रति सरकार गम्भिर रहेको भन्दै प्रधानमन्त्री देउवाले जायज माग सम्बोधन गरिने बताउनु भयाे । 

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज