लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु


काठमाडौं । आजबाट महिलाविरूद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान, २०७८ को सुरुवत भएको छ ।

‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ विभिन्न कार्यक्रम आयोजना गरी अभियान सञ्चालन गरिँदैछ ।

प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने गरिएको छ ।

सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ । एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो ।

लैङ्गिक हिंसा भन्नाले महिला, पूरुष, तेस्रो लिङ्गि लगायतका समूदायले भोग्नुपर्ने हिंसाको रुपमा लिनुपर्छ । यो अभियान प्रत्येक वर्ष मनाइने गरिएको छ । अभियानमा हिंसा न्यूनिकरणका लागि विभिन्न सचेतना कार्यक्रम सञ्चालन गर्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज