सर्वोच्चमा ‘फूल कोर्ट’ आज बस्दै


काठमाडौं । सर्वोच्च अदालतको फूल कोर्ट आज बस्दैछ । बैठक दिउँसो २ बजेका लागि सर्वोच्च अदालतमा बस्नेछ । बैठक गोलाप्रथाबाट पेशी तोक्ने निर्णय गर्नका लागि बैठक बोलाइएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाबाहेकका न्यायाधीशहरूबीच बुधबार भएको छलफलबाट बिहीबार ‘फुलकोर्ट’ बैठक राखेर गोला प्रथाबाट पेशी तोक्ने विषयमा निर्णय गर्ने सहमति भएको थियो । न्यायाधीशहरूको बैठकले १५ मंसिरदेखि गोला प्रथाबाट इजलास गठन गर्ने निर्णय पनि गरेको छ ।

गोला प्रथाबाट इजलास तोक्ने निर्णयसँगै १५ मंसिरबाट सबै मुद्दाको सुनुवाइ गर्ने सहमतिमा पनि उनीहरू पुगेका छन् । हाल न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण रिटमा मात्रै सुनुवाइ गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज