महाधिवेशनको तयारी अन्तिम चरणमा : एमाले, अध्यक्ष ओली चितवन जाँदै


काठमाडौं । नेकपा एमालेले दशौं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताएको छ ।

भोलिबाट सुरु हुने महाधिवेशनका लागि उद्घाटन स्थल र बन्द सत्र स्थलको बाँकी काम आजसम्म सकिने नेकपा एमालेले जनाएको छ । नेकपा एमाले निर्वाचन समितिका सदस्य शेरबहादुर तामाङले महाविधेशनमा सुरक्षाका लागि ५ हजार स्वयम् सेवक खटाइने जानकारी दिनुभयो ।

एमालेले उद्घाटन सत्रमा सहभागी हुने प्रत्येक ¥यालीमा एउटा एम्बुलेन्स राखिने जनाएको छ । महाधिवेशन उद्घाटन अगाडि चितवनका विभिन्न ठाउँबाट सुरु हुने ¥यालीसँग एम्बुलेन्स पनि रहने गरी काम भइरहेको एमाले निर्वाचन समितिले जनाएको छ ।

यसैबीच नेताहरु आ–आफ्नो समुह बनाएर पदाधिकारीको लागि उम्मेद्वारी दिने तयारी पनि गरिरहेका छन् । सीआइएनसँग कुरा गर्दै एमालेका नेता सुवास चन्द्र नेम्वाङमा वरिष्ठ उपाध्यक्षमा लागि आफुले सर्बसम्मतिका लागि प्रयास गर्ने नभए चुनाव पनि लड्ने बताउनुभयो ।

उपाध्यक्ष भिम रावलले अध्यक्ष पदमा र नेता महेश बस्नेतले सचिव पदमा यसअघि नै उम्मेद्वारी दिने घोषणा गरिसक्नुभएको छ । अरु कसैले पनि खुलेर आप्mनो उम्मेद्वारी घोषणा गरेका छैनन् ।

तर भित्रभित्रै छलफलमा भने जुटेको बताएका छन् । यसैबीचमहाधिवेशन उद्घााटनका लागि अध्यक्ष केपी शर्मा ओली आज चितवन जाँदै हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज