कमेडी च्याम्पिएन सुरु हुँदै, विजेतालाई ५० लाख


२० असार, काठमाडौं । नेपालमा कमेडी शो सुरु हुने भएको छ ।

कान्तिपुर टेलिभिजनबाट प्रशारण हुन लागेको शोको नाम ‘कमेडी च्याम्पिएन’ राखिएको छ ।

थ्री प्रोडक्शनले निर्माण गर्न लागेको यो रियालिटी शोको निर्देशक बिशाल भण्डारी हुन् । उनले अब, अडिसनको तयारीमा लागेको सुनाए । यो शोमा हाँस्य कलाकार सन्तोष पन्त, मनोज गजुरेल, नायिका ऋचा शर्मा र निर्देशक प्रदिप भट्टराई निर्णायकको रुपमा रहनेछन् ।

निर्देशक भण्डारीले भने–‘यो कुनै विदेशी रियालिटी शोको फ्रेन्चाइज होइन । यसमा सहभागी हुनका लागि कमेडी च्याम्पिएनको एप्स डाउनलोड गरेर नेपालबाट सहभागी हुनेले सम्पादन नगरिएको ३ मिनेटको भिडियो र विदेशबाट सहभागी हुन चाहनेले ५ मिनेटको भिडियो आयोजक पक्षलाई पठाउनुपर्नेछ ।

यीनै भिडियोलाई हेरेर निर्णायकले चयन गरेको आधारमा उत्कृष्ट भएकाहरुले विभिन्न शहरमा हुने कमेडी च्याम्पिएनसिपको अडिसनमा सहभागीता जनाउन पाउनेछन् ।’

सम्बन्धित समाचार