सर्वाेच्चमा मंसिर १५ गतेदेखि गाेला प्रथाबाट पेशी ताेक्ने निर्णय


काठमाडौं । सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोला प्रथाबाट मुद्दाको पेशी तोकिने भएको छ । बिहीबार बसेकाे सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक (फूलकोर्ट) ले मंसिर १५ देखि गोला प्रथाबाट मुद्दाको पेशी तोक्ने निर्णय गरेको हो ।

मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बाहेकका न्यायाधीशहरूको छलफलले आजपूर्ण बैठक बस्ने निर्णय गरेका थिए । प्रधानन्यायाधिस जबराको राजीनामा माग गर्दै न्यायाधिसहरुले हाल बन्दी प्रत्यक्षीकरण रिटमा मात्रै सुनुवाइ गर्दै आइरहेका छन् ।

यसअघिको सर्वोच्च अदालतको पूर्ण बैठकले गोला प्रथाबाट इजलास तोक्न सक्ने गरी सर्वोच्च अदालत नियमावली संशोधन गरेको थियो । संशोधित नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ ।यसअघि सर्वोच्च अदालतमा प्रधानन्यायाधीशले इजलास गठन र मुद्दाको पेशी तोक्ने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज