फुट्ने अबस्थामा पुगेको ४ वटा ताल फुटाएर पानी बगाउँदैे सरकार


१५ मंसिर,काठमाण्डौ ।जलवायु परिवर्तनको असरले विश्वभर तापक्रम बढ्दै गएको छ । तापक्रम बढेसँगै हिमालमा हिउँ पग्लने क्रम बढेको विभिन्न अध्ययनले देखाएका छन् । यसले उच्च हिमाली भेगमा रहेका हिमताल फुट्ने जोखिम पनि बढेको छ ।

२५ पटक सगरमाथा आरोहण गरीसक्नुभएका आरोहि कामिरिता शेर्पाले हिमाल आरोहणका क्रममा सबैभन्दा ठूलो जोखिम हिमपहिरो रहेको बताउनुभयो । मनाङकोनार्सो गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले आफूहरू हिमपहिरोको डरैडरमा बाँच्ने गरेको बताउनुभयो । हिमताल फुट्ने र ठुलो क्षति हुने डर हिमाली क्षेत्रका नागरिकलाई मात्रै नभइ नदी किनारमा बस्ने तल्लो तटिय क्षेत्रका मानिसहरूलाई पनि छ ।

जोखिम कम गर्न फुट्ने अबस्थामा पुगेको भनिएका ४ वटा ताल फुटाएर पानी बगाउने योजना सरकारले बनाएको उर्जा जलश्रोत तथा सिंचाइ मन्त्री पम्फा भूषालले जानकारी दिनुभयो । पछिल्लो समय जलवायु परिवर्तनको प्रभावले विश्वभरी नै तापक्रम बढ्दै गएको विभिन्न अध्ययनले देखाएको छ । तापक्रम बढ्दै गएर हिमालमा हिउँ पग्लिन थालेका छन् । नेपालमा रहेका २१ वटा हिमताल फुट्ने जोखिममा रहेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को अध्ययनले बताएको छ ।

त्यसपछि २१ मध्ये ४ वटा अति जोखिममा परेका तालको पानी बगाउने योजना सरकारले बनाएको जल तथा मौसम विज्ञान विभागका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट सुवास तुलाधरले बताउनुभयो । यसअघि२०७२ सालमा भूकम्प गएपछि फुट्ने जोखिम रहेको भन्दै सरकारले २०७३ सालमा सोलुखुम्बुको इम्जा हिमतालको पानी फालेको थियो ।

सरकारले जोखिममा रहेका तालको पानी बगाउने योजना बनाएपनि त्यो योजना कार्यान्वयनमा ल्याउन समय लाग्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज