अत्यावश्यक काम नपरी विदेश नजान स्वास्थ्य मन्त्रालयकाे आग्रह


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक काम नपरी विदेश नजान अपिल गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्नुहुदै कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन विदेशमा तीव्र गतिमा फैलिरहेको भन्दै अत्यावश्यक काम नपरी विदेश नजान आग्रह गरेको हो ।

नेपालमा भने यो भेरियन्ट देखिनसकेको जनाएको मन्त्रालयले जनाएको छ । यद्यपि सावधानीस्वरूप अत्यावश्यक नपरी विदेश नजान अनुरोध गरेको हो । यो भेरियन्ट दक्षिण अफ्रिका तथा एशियाका केही मुलुकमा तीव्र गतिमा फैलिरहेको मन्त्रालयले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले पनि यसलाई ’भेरियन्ट अफ कन्सर्न’ भनेर घोषणा गरेको छ । हालसम्म उक्त भेरियन्ट नेपालमा फेला परिनसकेको र आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो पारिएको विज्ञप्तीम उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज