नेपालमा जति कम पार्टी भयो त्यति नै राम्रो- प्रधानमन्त्री देउवा


प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियताको मुद्दामा दलहरु एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभएको छ ।

बुधबार काठमाडौमा राप्रपाको एकता महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पार्टीहरुबीचमा आगामी दिनमा राष्ट्रियताको मुद्दामा एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभएको हो ।

उहाले राप्रपा र आफूहरुको पार्टीगत विचार र मान्यताहरु फरकफरक भएको तर राष्ट्रियताका मुद्धामा एकै ठाँउमा रहेको जिकिर गर्नुभयो । त्यस्तै उहाले नेपालमा जति कम पार्टी भयो त्यति नै राम्रो भएको धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज