फिफा वरीयतामा नेपाल ६ स्थान तल झरेर १ सय ६७ औँ स्थानमा


७ कात्तिक, काठमाडौं ।  फिफा वरीयतामा नेपाल ६ स्थान तल झरेको छ । नयाँ वरीयताअनुसार नेपाल १ सय ६७ औँ स्थानमा पुगेको छ ।

यसअघि एक सय ६१ औँ स्थानमा रहेको नेपाल पछिल्लो ६ महिनामा वरीयतामा धेरै तल गएको हो । विश्वकप छनोटका पछिल्ला दुई खेलमा फराकिलो हार ब्यहोरेको कारण नेपालको वरीयता खस्केको हो । 

दक्षिण एसियाली देशमा नेपालभन्दा माथि रहेको माल्दिभ्स एक स्थान तल झर्दै एक सय ५४ औँ स्थानमा पुगेको छ भने भारत दुई स्थान तल झर्दै एक सय ६ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार