कर्णवीर र अर्पना फिचर्ड ‘सागर भन्दा’ सार्वजनिक ( भिडियो )


लोकप्रिय र चर्चित गायिका बिन्दु परियार र गायक कर्णवीरको आवाजमा समावेश ‘सागर भन्दा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएकाे छ ।

गायक कर्णवीरको सुन्दर शब्दले भरिएको ‘सागर भन्दा’ गीत ‘एकलैटी माया’ म्युजिक एल्बममा रहेको गीतहरु मध्ये एक हो।

लामो समय देखि अमेरिकामा बस्दै आउनु भएको गीतकार/गयाक कर्णवीरले दर्जनौ नेपाली गीतहरुमा आवाज दिई सक्नु भएको छ भने म्युजिक भिडियोमा पनि मोडलको रुपमा त्यतिनै देखिनु भएको छ।

विष्णु सिलवालको निर्माणमा बनेको उक्त गीतमा येदिन गजमेरको संगीत रहेको छ भने संजीव बराईलीको संगीत संयोजन रहेको छ। ‘नौलो डिजीटल’ च्यानल मार्फत सार्बजनिक गरिएको उक्त म्युजिक भिडियोमा गीतकार/गायक कर्णवीर र अर्पना पोखरेलको अभिनय रहेको छ। उक्त म्युजिक भिडियोमा एकान्त मगरको निर्देशन रहेको छ भने यालेन मगरकले छायांकन गरेका हुन्।

नेपालको बिभिन्न सुन्दर ठाऊँहरुमा छायांकन गरिएको यस गीतको म्युजिक भिडियोमा साथ दिनु हुने सुनिल माथेमा प्रधान , रीमा श्रेष्ठ, अनुप रेग्मी र सबैलाई निर्माण टिमले धन्यवाद व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज