बढ्यो सुनचाँदीको भाउ


२७ पुस,काठमाण्डौ ।नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ । हिजो तोलामा ३ सयले घटेर ९१ हजार ३ सय रुपैयाँ तोलामा किनबेच भएको सुन आज तोलामा ३ सयले बढेर ९१ हजार ६ सय रुपैयाँ तोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । हिजो १ हजार २ सय २० रुपैयामा तोलामा किनबेच भएको चाँदी आज तोलामा १० रुपैयाँले बढेर १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज