नेपाली बजारमा आज सुनचाँदीको भाउ बढ्याे


नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ ।

हिजो तोलाको ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ४ सय रुपैयाले बढेर ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

आज तेजावी सुन प्रतितोला ९१ हजार ५ रुपैया कायम रहेको छ ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । हिजो तोलाको १ हजार २ सय ३० रुपैयामा किनबेच भएको चाँदी आज तोलामा ५ रुपैयाँले बढेर १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज