विजयको ‘ओके छ त’मा सुनिशा ( भिडियो )


केहि समय अघि ‘माया बैगुनी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेर चर्चा कमाएका गायक विजय शंखरले आफ्नो बिल्कुलै नयाँ सांगीतिक सौगात ‘ओके छ त’ सार्वजनिक गरेका छन्। यस गीतमा उनलाई गायिका गायिका सुदिता राईले स्वरमा साथ दिएकी छिन्।

युवा प्रेम र आकर्षणलाई व्यक्त गरिएको यस गीतलाई गायक विजय शंखर र मुनाल शिशिर कोइरालाले सयुक्त रुपमा लेखेका हुन्। दिपकराज बिश्वकर्माले संगीतवद्द गरेको यस गीतलाई कुशल सिंहले संगीत संयोजन गरेका हुन्।

गोदावरीमा छायाँकन गरिएको भिडियोलाई उत्तम हुमागाईंले खिचेका हुन् भने शिलन लम्सालले सम्पादन गरेका हुन्। सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको भिडियोमा सुधिर श्रेष्ठ र सुनिशा बजगाईं फिचर्ड छन्। मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको भिडियोलाई ‘ड्याडी एण्ड डटर्स’ नामक च्यानल मार्फत सार्वजनिक गरिएको हो।


प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज