सहिद स्मारक ‘ए’ डिभिजन: नवौं चरणका खेलहरु आजबाट सुरु


सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आजबाट नवौं चरणका खेलहरु सुरु हुँदैछ ।

लिगको नवौं चरण अन्तर्गत शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेलहरु हुनेछन् ।

पहिलो खेलमा विभागीय टोली एपीएफ र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र शेर्पाबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

यस्तै दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र सातदोबाटोबीचको खेल ४ः४५ बजे सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज