सहुलियतपूर्ण कर्जा लिने महिला उद्यमीको सङ्ख्या बढ्यो


नेपालमा सहुलियतपूर्ण कर्जा लिने महिला उद्यमीको सङ्ख्या बढेको छ ।

चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्ममा बैँकहरूबाट १ लाख ३३ हजार ९ सय ३० जनाले सहुलियतपूर्ण कर्जा लिएका छन् ।

जसमा महिला उद्यमीको सङ्ख्या मात्रै ७६ हजार २० रहेको नेपाल राष्ट्र बैँकले जनाएको छ ।

महिला उद्यमीका लागि मात्र अहिलेसम्म ७१ अर्ब १५ करोड सहुलियतपूर्ण ऋण प्रवाह भइसकेको राष्ट्र बैँकका प्रवक्ता डा.गुणाकर भट्टले जानकारी दिनुभयो ।

राष्ट्र बैँकको निर्देशनमा बैँक तथा वित्तीय संस्थाहरूले महिला उद्यमीलाई १५ लाखसम्म सहुलियतपूर्ण कर्जा दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज