धादिङमा पहिरोमा परि बेपत्ता भएका ३ जनाको खोजीकार्य जारी


धादिङमा पहिरोमा परि बेपत्ता भएका ३ जनाको आज पनि खोजी जारी छ ।

रुबिभ्याली गाउँपालिका–१ तिप्लिङको पुरु नजिकै पहिरो खस्दा एक स्काभेटरसहित बेपत्ता भएका तीन जनाको खोजी भइरहेको धादिङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले बताउनुभयो ।

उहाँका अनुसार स्काभेटर चालक काभ्रेका २८ वर्षका आकाश तामाङ, सहचालक १९ वर्षका राजु तामाङ र रुबिभ्याली गाउँपालिका–१ का २७ वर्षका अनिश तामाङ बेपत्ता हुनुहुन्छ ।

पहिरोमा पुरिएर बेपत्ता भएकाहरूको खोजीका लागि सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज