धनकुटा: टिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु


धनकुटामा टिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

धनकुटा नगरपालिका–२, नागढुंगामा आज बिहान करिब पौने ५ बजे टिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

टिपर चालक प्युठानको माण्डवी गाउँपालिका–१ का २७ वर्षीय भुवन ठेडीमगर र परिचालक दाङको बबई गाउँपालिका–३ का २१ वर्षीय नवीन विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो ।

धनकुटाबाट वसन्तपुरतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००१ क ०५४९ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट अन्दाजी २५ मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज