झापा: मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु


झापाको भद्रपुर नगरपालिका ४ स्थितमा मोटरसाईकलको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका(४ का ७७ बर्षीय जगत बहादुर कार्की रहेका छन ।


हिजो राती पौने ७ बजे मे १० प ४४१९ नम्वरको मोटरसाईकलले ठक्कर दिदा घाईते भएका कार्कीको ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।


दुर्घटनामा संलग्न मोटरसाईकल र चालक कचनकवल गाउपालिका ७ का माधव राजवंशीलाई वडा प्रहरी कार्यालय भद्रपुरले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज