लिपुलेक क्षेत्रमा भारतले सडक निर्माण गर्नु आपत्तिजनक छ -काँग्रेस


काठमाडौं । बर्तमान सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले लिपुलेक क्षेत्रमा भारतले सडक निर्माण गर्नु आपत्तिजनक भएको बताएको छ । कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले शुक्रबार वक्तव्य जारी गर्दै लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको प्रति आपत्ति व्यक्त गरेका हुन् ।

उक्त सडक निमार्ण भइरहेको भनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको अभिव्यक्ति प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ । नेपाल र भारतको सीमासम्बन्धी प्रश्नको समाधान ऐतिहासिक तथ्यका आधारमा उच्चस्तरीय कुटनैतिक माध्यमबाट खोजिनुपर्ने बताईएको छ ।

‘नेपाल–भारत संयुक्त आयोगमा दुई देश बीचको सबै प्रश्नमा कुटनैतिक सम्वादबाट समाधानमा पुग्ने गरी भएको सहमति विपरीत लिपुलेकमा सडक निर्माण भनेर आएको विषय गम्भीर छ, आपत्तिजनक छ र अविलम्ब यो रोकिनुपर्छ ।’ विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज