प्रधानमन्त्री कप टी–२० क्रिकेटको उपाधिका लागि पुलिस र एपीएफ क्लब खेल्दै


प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज नेपाल पुलिस क्लव र एपीएफ क्लब खेल्दै छन् ।

यो खेल किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान १० बजे सुरु हुनेछ ।

हिजो भएको सेमिफाइलमा एपीएफले त्रिभुवन आर्मी क्लवलाई ४७ रनले तथा नेपाल पुलिसले बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।

प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज