
बुधबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
मंगलबार ९२ हजार ६ सयमा काराेबार भएकाे छापावाला सुन आज तोलामा १ सयले वृद्धि भइ प्रतितोला ९२ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य ९२ हजार २ सय रहेको छ ।
बुधबार प्रतितोला चाँदीको मूल्य ५५ रुपैयाँले वृद्धि भएको छ । मंगलबार चाँदीको मूल्य १ हजार २ सय ५५ रहेको थियो । आज १ हजार २ सय ८५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।