कोरोना परीक्षणको शुल्क अब सरकारीमा ८०० र निजीमा १५०० रुपैयाँ


सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ ।

स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाहरुको निःशुल्क परीक्षण हुनेछ भने अरुका लागि ८०० रुपैयाँ लिइनेछ । यसअघि सरकारी अस्पतालहरुमा परीक्षणको शुल्क १ हजार लिने गरेएकाे थियाे ।

यस्तै निजी प्रयोगशालाहरुमा पीसीआर टेष्टको शुल्क १५०० रुपैयाँ तोकिएको छ । यसअघि यो शुल्क दुई हजार थियो ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज