
आज बिहीबार सुनको भाउ ताेलामा एक हजार रुपैयाँले बढेको छ ।
हिजो बुधबार तोलामा ९२ हजार ७ सय रुपैयाँमा काराेबार भएकाे छापावाला सुन आज बढेर ९३ हजार ७ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ३० रुपैयाँले बढेर तोलाको एक हजार तीन सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।