पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो


नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।

निगमले गएरातिदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको हो ।

नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ तथा डिजेल र मट्टितेल १२२ रुपैयाँ तिर्नुपर्नेछ ।

यस्तै आन्तरिक हवाई ईन्धनमा साबिकको बिक्रि मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ बढाएर प्रतिलिटर १०६ रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १०० अमेरिकी डलरले बढाएर ९९५ अमेरिकी डलर कायम गरिएको निगमले जनाएको छ । य

सअघि गत कात्तिक २४ गते पनि पेट्रोलियन पदार्थको मूल्य बढाइएको थियो । घाटा भएपनि खाना पकाउने ग्यासको मूल्य भने नबढाइएको निगमले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज