आहा रारा गोल्डकप आजदेखि, उद्घाटनमा सहारा र एपीएफ क्लब खेल्ने


आहा रारा गोल्डकप फुटबल प्रतियोगीता आजबाट पोखरामा सुरु हुँदैछ ।

प्रतियोगिताको २० आँै संस्करण अन्र्तगत आज हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब र शसस्त्र प्रहरीको एपीएफ क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ पाउनेछन् ।

यस्तै उत्कृष्ट ५ विधामा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सङ्कटा, नेपाल पुलिस, थ्री स्टार, सशस्त्र प्रहरीको एपीएफ, मनाङ मस्र्याङ्दी, मछिन्द्र, हिमालयन शेर्पा, त्रिभूवन आर्र्मी, सहारा र बिवाइएसी मिनेसोटा युएसए गरी १० टिम सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज