नवनियुक्त कप्तान ज्ञानेन्द्रलाई पूर्व कप्तान पारसले दिए बधाई


१३ कात्तिक, काठमाडौं ।  नेपाली क्रिकेट टिमका नवनियुक्त कप्तान ज्ञानेन्द्र मल्ललाई पूर्व कप्तान पारस खड्काले बधाई दिएका छन् ।

पारसले ट्वीटमार्फत ज्ञानेन्द्रलाई बधाई दिएका हुन् । उनले लेखेका छन्, ‘सबैभन्दा योग्य व्यक्ति नेपाली क्रिकेट टिमको कप्तानमा नियुक्त भएकोमा ज्ञानेन्द्र मल्ललाई बधाई । जसले ठूलो जोस, अनुशासन र प्रतिबद्धताका साथ देशको सेवा गरेका छन् । मलाई विश्वास छ उनको नेतृत्वमा हामी नयाँ उचाइमा पुग्नेछौँ ।’

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार