यस्तो छ राष्ट्रियसभा निर्वाचनको २० बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड


निर्वाचन आयोगले यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनलाई व्यवस्थित र सुरक्षित बनाउन स्वास्थ्य मापदण्ड स्वीकृत गरेको छ ।

आयोगले कोभिड–१९ को संक्रमण बढ्दै गएकाले मतदान तथा मतगणना कार्यमा संलग्न हुने मतदाता, मतदान कर्मचारी, उमेदवार, दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्वयंसेवकलगायत व्यक्तिलाई स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड स्वीकृत गरी निर्देशनहरू जारी गरेको हो ।

मतदानस्थल तथा केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, पर्यवेक्षक, उमेदवार वा उमेदवारका प्रतिनिधि एवम् मतदाताले मतदानस्थल वा केन्द्रमा आफ्नो जिम्मेवारीमा रहँदा आवश्यक सामाजिक दूरी कायम गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज