नागार्जुनमा ‘सहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम’ भवन निर्माण हुने


काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा नागार्जुन नगरपालिकामा ‘सहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम’ भवन निर्माण हुने भएको छ ।

बिहीबार एक कार्यक्रममा सहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम नागार्जुन-०६ भवनको लागी पहिलो चरणमा ११ करोड रकमकाे डीपीआर एवं नगर नगर साझेदारी कार्यक्रम अन्तर्गत गणेशमान स्मीती पार्कको लागि थप १ करोडको हस्तान्तरण काठमाडौं महानगरपालिका प्रमुख बिद्या सुन्दर शाक्यले गर्नु भएकाे छ ।

उक्त नगरपालिकाको वडा नम्बर ६ स्थित सेतो गुम्बासँग जोडिएको बागेश्वरी मन्दिर परिसरको कित्ता नम्बर ८२ र १८९ को करिब १८ रोपनी सार्वजनिक जग्गामा उक्त भवन निर्माण हुने भएको हो ।

कार्यक्रममा नागार्जुन नगरपालिका नगर प्रमुख मोहन बहादुर बस्नेत, काठमाडौं महानगरपालिका प्रमुख बिद्या सुन्दर शाक्य, उप-प्रमुख हरिप्रभा खड्गी, नागार्जुन नगरपालिकाका वडा अध्यक्ष राजेन्द्र बुढाथोकी ,मानव सेवा आश्रमका केन्दीय अध्यक्ष राम जी अधिकारी ,सहरी योजना आयोगका कर्मचारीहरु नागार्जुन नगरपालिकाका कर्मचारीहरुकाे उपस्थिती रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज