ट्विटरले राजनीतिक विज्ञापनमा प्रतिबन्ध लगाउने


१४ कात्तिक, काठमाडौं ।  सामाजिक सञ्जाल ट्विटरले आफूमार्फत् गरिँदै आएको राजनीतिक विज्ञापनमा विश्वव्यापी प्रतिबन्ध लगाउने भएको छ।

उसले राजनीतिक सन्देशहरूको पहुँच ‘खरिद गरेर नभई कमाएर हुनुपर्ने’ बताएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सीले ट्वीट गर्दै भनेका छन्, “इन्टरनेटबाट गरिने विज्ञापन व्यापारिक विज्ञापनदाताहरूका लागि अविश्वसनीय रूपमा शक्तिशाली र निकै प्रभावकारी भए पनि त्यसले राजनीतिमा ठूलो जोखिम निम्त्याउँछ।”

ट्विटरको प्रतिद्वन्द्वी रहेको अर्को सामाजिक सञ्जाल फेसबुकले हालै राजनीतिक विज्ञापनमाथि प्रतिबन्ध लगाउने कुराको खण्डन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार