झापाका ३ घरमा चाेरी, सिसि टिभिले चिनायाे चाेर


१४ कात्तिक, झापा । भारतको सिलिगुडी घर भएका ४३ बर्षीय रघुबर प्रसाद साहलाई चोरी गरेको ठुलो परिणामको सुन र चाँदीका गरगहना सहित झापाबाट पक्राउ गरिएको छ ।

विर्तामोडमा डेरा गरी वस्ने ललिता सापकोटा, गिता पौडेल र मधु गुप्ताको घरमा बुधबार दिउँसो कोही नभएको अवस्थामा चोरी गरेका थिए ।

घटनाको जानकारी पाए लगत्तै खटिएको ईलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले घटनास्थल आसपासमा रहेको सि.सी.क्यामरा फुटेज हेर्दा चोरी गरेर निस्कीदै गरेको अवस्थामा देखी उक्त क्यामेरामा देखिएका मानिसको खोजतलास गर्ने क्रममा साहलाई बिर्तामोड-५ बाट पक्राउ गरिएको हो ।

पक्राउ परेका साहले प्रयोग गरेको भारतिय नम्बर प्लेटको गाडी चेकजाँच गर्ने क्रममा सो गाडीबाट लाखौ मुल्य बराबरको सुन तथा चाँदीका गरगहना, नेपाली रुपैयाँ ३८ हजार र भारतिय रुपैयाँ १३ हजार ७ सय बरामद भएको थियो ।

बरामद भएको गर गहनाहरु सम्बन्धीत पिडितहरुबाट सनाखत गराएको र समान सहित पक्राउ परेका साहको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार