कृष्णनगरमा तनाव साम्य, कर्फ्यु कायमै


१५ कात्तिक, बुटवल । लक्ष्मीपूजाको मूर्ति बिसर्जनको क्रममा विवाद भएपछि कपिलवस्तुको कृष्णनगरमा उत्पन्न तनाव साम्य भएको छ ।

बिहीबार बिहानदेखि लागेको कर्फ्यु भने हटाइएको छैन ।  आजै कर्फ्यु हटाउने संकेत स्थानीय प्रशासनले दिएको छ ।

बिहीबार राति अबेर स्थानीय, सम्बन्धित पक्ष, कपिलवस्तु जिल्ला प्रशासन र सुरक्षा निकायका प्रदेश प्रमुखहरुसहितको सर्वपक्षीय वार्ताबाट लक्ष्मी पूजाको मूर्ति बिसर्जन गर्ने र प्रहरीको गोलीबाट मारिएका व्यक्तिको शव उठाउने सहमति भएको छ ।

कर्फ्युकै क्रममा प्रहरीले गोली चलाउँदा भारतको बढनी घर भइ कृष्णनगरमा व्यवसाय गर्ने १८ वर्षका सुरजकुमार पाण्डेको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार