एसपी भोला रावल हटाइए


२० असार, काठमाडौं । गोरखाका प्रहरी प्रमुख उपरीक्षक (एसपी) भोला रावल हटाइएका छन् । कार्यालयमै मदिरा सेवन गरेर लठ्ठ भेटिएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले उनलाई हटाएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार रावलको ठाउँमा एसपी ओम अधिकारीलाई खटाइएको छ । अधिकारी हाल महानगरीय अपराध अनुसन्धान महाशाखामा कार्यरत् छन् ।

रावललाई प्रदेश नं. ६ प्रहरी कार्यालयमा खटाइएको प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रमेश थापाले बताए ।

मदिरामा लठ्ठ एसपी रावलले गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद शर्मा घिमिरेले फोन गर्दा उठाएका थिएनन् । सञ्चार सेटमार्फत सम्पर्क गर्न लगाएपछि उनले डीआईज शर्मालाई नै अश्लील गाली गलौज गरेका थिए ।

सम्बन्धित समाचार