दिल्लीमा वायु प्रदूषणकाे कारण परिस्थिति गम्भीर


१७ कात्तिक, एजेन्सी ।  भारतको राजधानी दिल्लीलगायत राष्ट्रिय राजधानी क्षेत्र (एनसीआर) का कैयौ इलाकामा आइतबार हल्का वर्षा भयो । वर्षापछि पनि वायु प्रदूषण (हावाकाे गुणस्तर सूचकांक मानक) बाट मानिसहरुले राहत पाउन सकेका छैनन् ।

दिल्लीको कैयौ इलाकामा एयर क्वालिटी इन्डेक्स (हावाकाे गुणस्तर मापन- एक्यूआई) झण्डै पाँच सय नजिक पुगेको छ । बवानामा एक्यूआई ४९२, आईटीओमा ४८७ र अशोक विहारमा ४८२ मापन गरिएको छ । यो परिस्थिति गम्भीर मानिन्छ । 

मौसम विभागकाअनुसार ‘आउँदो २४ घण्टासम्म बादल छाइरहनेछ । कहीँ कहीँ हल्का वर्षाको पनि सम्भावना रहेको छ । १५ देखि २० किमी प्रतिघण्टाको गतिमा हावा चल्ने सम्भावना रहेको छ ।’ विशेषज्ञहरुले घरबाट बाहिर निस्कँदा वायु प्रदूषणबाट बच्नका लागि मास्क लगाउन सुझाव दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार