उपनिर्वाचनका लागि राप्रपाले छान्यो उम्मेदवार


१७ कात्तिक, काठमाडौं । मंसिर १४ गते प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त स्थानमा हुने उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले  उम्मेद्वार चयन गरेको छ।

आइतबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवार चयन गरेको हो।

प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्वारा जारी विज्ञाप्ति अनुसार राप्रपाले प्रतिनिधिसभा अन्तर्गत कास्की २मा पार्टी केन्द्रीय सदस्य रोमबहादुर भण्डारीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ।

यसैगरी प्रदेशसभा अन्तर्गत दाङ ३ (ख) मा भूपाल रावत र वागलुङ२ (ख) मा गणेश कुँवरलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ।

भक्तपुर १ (क) को हकमा भने यथाशिघ्र उम्मेद्वारको टुंगो लगाइने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार