प्रदेश प्रमुखको बर्खास्तीले सरकारसंग सहकार्यको ढोका बन्द


१८ कात्तिक, काठमाडौं । कांग्रेस नेता शेखर कोइरालाले बिनाकारण सरकारले प्रदेश प्रमुख हटाएर आफ्नो स्वेच्छाचारिता प्रदर्शन गरेको आरोप लगाएका छन् ।

उनले सरकारको यो निर्णयले सहकार्यको ढोका बन्द भएको बताए ।

सरकारले प्रदेश प्रमुख हटाउन सक्ने संवैधानिक प्रावधान भए पनि निर्वाचन आचारसंहिता जारी भएकै बेला निर्णय गर्नुले गम्भीर बनाएको कोइरालाले बताए ।  ‘प्रदेश प्रमुख हटाउने संवैधानिक अधिकार सरकारलाई छ । तर, सरकार गठनको लामो समयपछि यस्तो निर्णय हुँदा हामीलाई गम्भीर बनाएको छ’, कोइरालाले प्रदेश प्रमुखहरूको बर्खास्तगीबारे टिप्पणी गर्दै भने ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार