डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानबिन गर्न समिति गठन


१८ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानबिन गर्न समिति गठन भएको छ ।

 सोमबार गभर्नर डा. चिरञ्जीवी नेपालको अध्यक्षतामा बसेको राष्ट्र बैंक बोर्ड बैठकले ३ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

 ०७२ फागुनमा श्रेष्ठ नेपाली कांग्रेस कोटामा डेपुटी गभर्नर बनेका थिए । श्रेष्ठमाथि सम्पत्ति शुद्धीकरण अनुसनधानमा सरकारलाई असहयोग गरेको, बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा लुकाउन सहयोग गरेको लगायतका आरोप छ । यद्यपि, श्रेष्ठले भने उनीमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार