उपकुलपति नियुक्तिप्रति अनेरास्ववियुका नेता तामाङको आपत्ति


१८ कात्तिक, काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा प्रा. डा. धर्मकान्त बाँस्कोटालाई नियुक्ति गरेकोप्रति अनेरास्ववियूका नेता रञ्जित तामाङले कडा आपत्ति जनाएका छन् ।

नेता तामाङले आफ्नो फेसबुक वालमा एक स्टाटस पोस्ट गर्दै उपकुलपतिको नियुक्ति प्रकृयाप्रति आक्रोस पोखेका हुन् । उपकुलपतिको नियुत्तिप्रति असहमति जनाउँदै तामाङले भनेका छन्, ‘त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा प्रा.डा.धर्मकान्त बाँस्कोटा नियुक्त हुनु भएकाे छ, बधाई तथा सफलकार्यकालकाे शुभकामना छ, तर उहाँ याेग्य र सक्षम हुदाहुदै पनि नियुक्तिकाे बिधि गलत भयाे । हामिले बिगतबाट भन्दै आएका थियाै विश्वविद्यालयका पदाधिकारी राजनीतिक नियुक्तिबाट हाेईन खुला प्रतिशपर्धाका आधारमा नियुक्त गरियाेस । ’

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार