बसले मोटरसाइकललाई ठक्कर दिँदा बावु र छाेरीको ज्यान गयो


१८ कात्तिक, मोरङ । मोरङ बुढीगंगा गाउँपालिकामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ ।

विराटनगरबाट दुहवीतर्फ जाँदै गरेको यात्रुवाहक बसले दुहवीबाट विराटनगरतर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा बावु र छोरीको ज्यान गएको हो ।

बसको ठक्करबाट बुढीगंगा गाउँपालिका ५ का ५२ वर्षीय आँखा विशेषज्ञ डा. शुभलाल माझी र न्यूरो अस्पताल विराटनगरमा कार्यरत २६ वर्षीय उनकी छोरी अञ्जलीकुमारी माझीको ज्यान गएको नेमुवा ट्राफिक प्रहरी इञ्चार्ज तुलामणि आचार्यले जानकारी दिए ।

बसका चालक धनगढी निवासी ३४ वर्षीय सन्दीप खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार