घाइतेहरुको अवस्था बुझ्न देउवा धुलिखेल अस्पतालमा


१८ कात्तिक, काभ्रे ।  दोलखाबाट काठमाडौंको आउँदै गरेको बस दुर्घटनामा परी घाइते भएकाहरुको अवस्था बुझ्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा धुलिखेल अस्पताल पुगेका छन् ।

उनले देशभर भइरहेका दुर्घटनाप्रति चासो र चिन्ता प्रकट गर्दै अस्पतालमा उपचाररत  गम्भीर घाइते भएकाहरुलाई स्वास्थ्यलाभको कामना गरेका छन् । 

कांग्रेस सभापतिसँगै सिन्धुपाल्चोकका पूर्वमन्त्री मोहन बस्नेत, काभ्रेका पूर्व सांसद तीर्थ लामा, कञ्चन चन्द्र बादे श्रेष्ठ, कांग्रेस केन्द्रीय सदस्य शिव हुमागाई जिल्ला सभापति मधु आर्चायलगायत अस्पताल पुगेका हुन् । 

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार