हाइड्रोको सुरुङमा फसेका ४ मजदुरको उद्धारमा कठिनाइ


१८ कात्तिक, बझाङ । बझाङको कालंगा हाइड्रो पावरको सुरुङमा फसेका ४ मजदुरको उद्धारमा कठिनाइ भएको छ ।

स्थानीय टोलीले उद्धार गर्न नसकेपछि काठमाडौंबाट प्राविधिक टोली झिकाइएको छ ।

नगरपालिकाको दारिमगाढबाट टनेल छिरेका दैलेखका कर्णबहादुर शाही, महेन्द्र शाही, अछामका महेन्द्र साउद र बझाङका शेरबहादुर धामी आइतबार दिउँसो ३ बजेबाट सम्पर्कविहीन भएका हुन्।

बझाङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार सुरुङमा फसेका ४ मजदुरको उद्धार गर्न काठमाडौंबाट विज्ञसहितको टोली हेलिकप्टरमा झिकाइएको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार