काभ्रेको नमोबुद्धमा एक दम्पती मृत फेला, हत्याको आशंका


१९ कात्तिक, काठमाडौं ।  काभ्रेको नमोबुद्ध नगरपालिका तल्लो हटियामा एक दम्पती मृत भेटिएका छन् ।

तल्लो हटियामा ५५ वर्षका श्यामकृष्ण श्रेष्ठ र ५० वर्षकी रुकुमाया श्रेष्ठको शव मंगलबार बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएकाे छ ।

घटनाको थप अनुसन्धानका लागि काठमाण्डौबाट तालिमप्राप्त कुकुरसहितको टोली बोलाइएको
काभ्रेका एसपी जयराज सापकोटाले बताए ।

सोमबार राति रक्सी खान पसलमा गएका व्यक्तिले उनीहरुको हत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ । 

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार