हाइड्रोको सुरुङमा फसेका चारै जना मजदुरकाे मृत्यु


१९ कात्तिक, बझाङ । बझाङको बुंगल नगरपालिकामा निर्माण भैरहेको कालंगा हाइड्रो प्रालिको सुरूङभित्र फसेका चारै जना मृत अवस्थामा भेटिएका छन् ।

आइतबार दिउँसो सुरुङभित्र काम गर्न पसेका उनीहरु नफर्केपछि खोजी कार्य सुरु गरिएको थियो ।

सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक भवराज कटुवालको नेतृत्वमा आएको चार जनाको उद्धार टोलीले सुरु भित्र फसेका तीन जना मजदुरको शव सोमबार बेलुका ७ बजे निकालेको थियो ।

थप एक जनाको शव मंगलबार दिउँसो साढे एक बजे निकालिएको आश्रीत नम्बर एक गुल्म बझाङका सशस्त्र प्रहरी नायब उपरीक्षक(डीएसपी) गणेश शाहले जानकारी दिए ।

सुरुङमा फसेका तीन मजदुरको मृत्‍यु

हाइड्रोको सुरुङमा फसेका ४ मजदुरको उद्धारमा कठिनाइ

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार